मन्त्री योगेश भट्टराई फाल्गुनन्द सुकिलुम्बा निर्माणाधीन विमानस्थलमा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मन्त्री योगेश भट्टराई फाल्गुनन्द सुकिलुम्बा निर्माणाधीन विमानस्थलमा

 


इलाम / परिक्षण उडान समेत भइसकेको इलाम नगरपालिका ९ को गोलाखर्क भञ्ज्याङ नजिकै निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अनुगमन गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङ जाने क्रममा त्यहा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैं पहाडी जिल्लामा विमानस्थल आवश्यकता महशुस भएर नै यहाँ काम थालिएको हो । पार्किङ र धावन मार्गको काम भइरहेको छ’ भट्टराईले भने, ‘अब तपाइहरु निराश नबन्नुहोस्, जसरी पनि विमानस्थल बन्छ ।’

१५ महिनाको ठेक्का सुरु भइसकेको अवको १४ महिनामा यसको हेर्न लायकको प्रगति हुने र आवश्यक परे थप रकम विनियोजन गरेर भएपनि सम्पन्न गर्न आफू प्रतिवद्ध भएको बताए । पर्यटन प्रवद्धनमा समेत मद्दत पुर्याउने भएकाले पनि सरकारले यसलाई प्राथमिकतामा राखेको जानकारी दिदैं भट्टराईले आशावादी हुन जिल्लाबासीलाई आग्रह गरे ।

सम्बन्धित खवर