दिनेशको ‘कान्छी म त सोझो ठिटो’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको ‘कान्छी म त सोझो ठिटो’ सार्वजनिक


दमक/ दिनेश माङ्मु लिम्बूद्वारा निर्देशित म्युजिक भिडियो ‘कान्छी म त सोझो ठिटो’ सार्वजनिक भएको छ । गायक सुवास मगर र गायिका लीला राईको स्वरमा रहेको गीत हेमा राई युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

म्युजिक भिडियोमा जम्न थालेका निर्देशक दिनेश लिम्बू नेपाली, लिम्बू, भोजपुरी चलचित्र निर्देशनमा समेत सक्रिय छन् । खगेन्द्र पन्धाक लिम्बूको रचना र संगीत, रहेको यस गीतलाई रिजन वनेमले एरेन्ज गरेका छन् ।

मुस्कान राई, अनुसा र हिरन राईको अभिनय रहेको उक्त भिडियमा श्रृङ्गार बुद्धि लामा, छायांकन जिवी लामा र सम्पादन अनिलकुमार महर्जनको रहेको छ ।

सम्बन्धित खवर