योङहाङलाई सहयोगका लागि चुम्लुङकोे अपिल - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

योङहाङलाई सहयोगका लागि चुम्लुङकोे अपिल


दमक/दिर्घ रोगी यासेली योङहाङलाई सहयोगका लागि किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले अपिल गरेको छ ।

पान्थर जिल्ला याङवरक गाउँपालिका–६, मा जन्मनु भएका भिमप्रसाद (यासेली) योङहाङ विगत १६ बर्षदेखि दिर्घ रोगी भई उपचारत हुदाँहुदै अहिले आएर संक्रमण भई मृगौला, फोक्सो, ब्रेन र मुटुमा गम्भीर समस्या देखिएकाले थप उपचार गर्न लाग्ने आर्थिक रकमको मात्रा ठुलो भएको र निजको आर्थिक स्थितिले भ्याउन नसक्ने अवस्था भएकोले उहाँको उपचारार्थ सहयोगको अपिल गर्नुपरेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताइन् ।


काठमाण्डौमा रहेर विशेषत किरात याक्थुङ जातिका लागि भाषा, धर्म, संस्कार, संस्कृति, साहित्य, गीत, संगीत, मुन्धुम आदिमा योगदान दिदैआउनु भएका ४५ बर्षीय योङहाङ चुम्लुङका केन्द्रीय सचिव हुन् ।

सम्बन्धित खवर