गाउँपालिकाले खाजा खानामै सक्यो ८० लाख - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गाउँपालिकाले खाजा खानामै सक्यो ८० लाख


भदौ ६, २०७६ ओखलढुङ्गा र ओखलढुंगाका ८ मध्ये ६ स्थानीय तहमा खाजा खाना शीर्षकमा लाखौं रुपैयाँ खर्च भएको उल्लेख छ । ओखलढुङ्गाका ५ वटा गाउँपालिका र एक नगरपालिकाले गत आर्थिक वर्षमा खाना खर्च बापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापट २० लाख १४ हजार ८६ रुपैयाँ खर्च गरेको छ । खिजिदेम्बा गाउँपालिकाले खानाखर्चमा १९ लाख १९ हजार, सिद्धिचरण नगरपालिकाले १८ लाख ६९ हजार रुपैयाँ खर्च गरेका छन् । चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार, सुनकोसी गाउँपालिकाले ६ लाख ८१ हजार र चिसंखुगढी गाउँपालिकाले ३ लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् । खर्चका विषय जनप्रतिनिधिको कतै मौनता कतै अनविज्ञता ।

सम्बन्धित खवर