बृद्धा राईको नालीमा डुबेर मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बृद्धा राईको नालीमा डुबेर मृत्यु


भदौ ६, २०७६ झापा/ बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकखण्ड बिर्तामोड–३, मा रहेको मेची आँखा अस्पताल नजिकै खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको हो ।

शुक्रबार विहान निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । निर्माण ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएपछि प्रहरीले उक्त सब उठान सकिरहेको छैन ।
सडक डिभिजन कार्यालय दमकका कर्मचारी आएपछि छलफल गरेर मात्र शव उठाउन दिने स्थानीयको माग रहेको छ ।

सम्बन्धित खवर