दमक उद्योग बाणिज्य संघको सम्मान तथा पुरस्कार - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक उद्योग बाणिज्य संघको सम्मान तथा पुरस्कार

दमक,  दमक उद्योग वाणिज्य संघले शुक्रबार आफ्नो २८औं साधारण सभा सम्पन्न गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा दमकका पुराना पुस्तक व्यवसायी दुर्गा पौडेल र सौन्दर्यकला व्यवसायी सरस्वती सुब्बालाई सम्मान तथा बाणिज्य पत्रकारिता पुरस्कार पत्रकार भुमीराज पराजुलीलाई प्रदान गरिएको छ ।

संघको वरिष्ठ उपाध्यक्ष विमल खतिवडाको संयोजकत्वमा साधारण सभा तयारी समिति तथा विभिन्न उपसमितिहरु गठन गरेर साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख राम पाठक आदिको शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष विमल खतिवडाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष गोपाल गुरागाइँले गरेका थिए ।

सम्बन्धित खवर