इलाममा ट्याक्टर दुर्घटना, एकको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा ट्याक्टर दुर्घटना, एकको मृत्यु


इलाम/ इलामको इलाम नगरपालीका–९, गोलाखर्कमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९ का कृष्ण बहादुर लम्जेल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।

माइखोलाबाट बालुवा बोकेर आउँदै गरेको मे १ त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुन पुगेको बताईएको छ ।

ट्याक्टरमा सवार रहेका २५ वर्षकी शान्ता बसेल र आठ वर्षका विजय बसेल घाइते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । शव पोष्टमाटमको लागि इलाम अस्पलातमै ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खवर