याक्थुङ लेखक संघको झापा जिल्ला तदर्थ समिति गठन - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ लेखक संघको झापा जिल्ला तदर्थ समिति गठन


दमक / दमक स्थित एस. जी. होटलमा भदौ ७ गते शनिबार सम्पन्न भेलाले याक्थुङ लेखक संघको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । याक्थुङ लेखक संघका केन्द्रीय तदर्थ समिति कोषाध्यक्ष जितेन पन्धाक लिम्बूको संयोजकत्वमा समिति गठन भएको हो ।

मौलश्री लिम्बूको अध्यक्षमा गठित ७ सदस्यीय झापा जिल्ला समितिमा उपाध्यक्ष राजकुमार सुब्बा (अनिश्चित), सचिव अभिषेक नेम्बाङ (विद्रोही कलम), कोषाध्यक्ष रचना लावती सदस्यमा कैलाश शिखर, मञ्जु इवारम र नरेन्द्र वनेमलाई सर्वसम्मत चयन गरेको छ ।

उक्त भेलाले हरि चोङबाङ लिम्बू, नवल फाईवली (नरबहादुर योङहाङ) र सेत्लीङ के. सी. लाई सल्लाहकारमा मनोनयन गरिएको र राष्ट्र तथा अन्तर्राष्ट क्षेत्रमा तिब्र रुपमा संगठन विस्तार भईरहेको संयोजक पन्धाकले बताए ।

भेलामा केन्द्रीय तदर्थ समिति सदस्य विक्रम फागो वनेम, प्रकाश आङदेम्बे, इक्साहाङ चेम्जोङ, सेसेहाङ फियाक, डिल्लीश्वर मुसाहाङ, मुनाराज शेर्मा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर