शिवसताक्षी नगरपालिका वडा नं. ८ को अधिवेशन सम्पन्न - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शिवसताक्षी नगरपालिका वडा नं. ८ को अधिवेशन सम्पन्न

दमक/ भदौ ७, शिवसताक्षी नगरपालिका वडा नं. ८, मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाले शिवसताक्षी नगरपालिकाको वडा अधिवेशन सम्पन्न गरी नयाँ समिति चयन गरेको छ ।

संघीय लिम्बुवान नेपालका केन्द्रीय महासचिव शान्ता योङहाङको प्रमुख आतित्थ्यमा शिवसताक्षी नगरपालिका वडा नं. ८ को अधिवेशन सम्पन्न गरेको हो ।

रोहन थेगिमको अध्यक्षमा चयन गरिएको कार्यसमितिमा उपाध्यक्ष डम्बरध्वोज वनेम, सचिव गोविन्द कुरुम्बाङ, कोषाध्यक्ष करण बहादुर साम्याङखाम, सह कोषाध्यक्ष धनकुमार लक्सम्बा र सदस्यहरुमा क्रमशः अम्मर मादेन, किरनहाङ लक्सम्बा, भुमिका लक्सम्बा, भुपेन्द्र सेर्मा, कुमार लावती, दुर्गा लिम्बू, सरिता सुनचरी (राई), रामप्रसाद चङबाङ, कृतिमान लिम्बू, सुखबहादुर लक्सम्बा, कुलमान लक्सम्बा, जगत साम्बा, रामबहादुर कङलिबा, छत्र थेबे, लक्ष्मी लिम्बू, सुनिता राई रहेका छन् ।

अधिवेशनमा जिल्ला सदस्य तथा क्षेत्रीय सदस्यहरुको समेत उपस्थिति रहको कार्यक्रमलाइ वडा नं. ८ का अध्यक्ष प्रकाश लिङ्देनको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर