छुरा प्रहारबाट मियाँको हत्या - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

छुरा प्रहारबाट मियाँको हत्या

भदौ ९, सुनसरी भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहारबाट हत्या भएको छ ।

स्थानीय मुर्ताज मियाँले वहाव मियाँको धरिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए । घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते वहावको उपचारका क्रममा मृत्यु भएको पोखरेलले बताए । छुरा प्रहार गर्ने मुर्ताजले समेत बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान जारी रहेको छ ।

सम्बन्धित खवर