यस कारण बुद्धको फोटो राखिनु पर्ने - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यस कारण बुद्धको फोटो राखिनु पर्ने


सुनसरी । गायक धिरज राईले नेपाली नोट र पासपोर्टमा बुद्धको तस्बिर राखिनुपर्ने माग गरेका छन् । बुद्ध वाज बर्न इन नेपाल अभियान सञ्चालन गर्दै आएका राईले विश्वभर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बुझाउनका लागि नेपाली नोट र पासपोर्टमा बुद्धको फोटो राखिनुपर्ने बताए ।

विश्वभरका लेखकले गौतम बुद्ध भारत, थाईल्याण्ड र श्रीलंकामा जन्मिएको भनेर प्रचार गरेको उल्लेख गर्दै राईले त्यसलाई चिर्न बुद्ध वाज बर्न इन नेपाल अभियान सञ्चालन गर्दे आएका छन् । उनले नेपालका पर्यटकीय स्थलहरुमा बुद्ध वाज बर्न इन नेपाल अभियानलाई तीव्रता दिँदै आएका छन् ।

अभियान्ता राई बुद्ध नेपालमै जन्मेका हुन् भनेर विश्वलाई बुझाउन नसकेमा बुद्ध नेपालमा जन्मेको तथ्य धेरैलाई थाहा नहुने अवस्था आउन सक्ने उनको भनाइ थियो ।
त्यसका लागि नेपाली नोट र पासपोर्टमा बुद्धको फोटो राख्नु आवश्यक भएको उनले बताए । नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धको बारेमा विदेशी लेखकहरुले गलत भ्रम छरिरहेको भन्दै राईले त्यसलाई चिर्न आफू निरन्तर लागिरहने बताए ।

सम्बन्धित खवर