विष खुवाएर श्रीमानको हत्या अभयोगमा कारागार चलान - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विष खुवाएर श्रीमानको हत्या अभयोगमा कारागार चलान

भोजपुर / विष खुवाई श्रीमानलाइ हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा २३ वर्षीया उनकी श्रीमती कविता तामाङ, सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई कारागार चलान गरिएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।

उनीहरुले जेठ २ गते ससुराली आएका बेला विष सेवन गराई हत्या गरेको भन्दै मानबहादुरका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो ।

सम्बन्धित खवर