याक्थुङ युवा मञ्चको नगर अधिवेशन सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ युवा मञ्चको नगर अधिवेशन सम्पन्न

दमक/ भदौ १४ गते याक्थुङ युवा मञ्चले प्रथम शिवसताक्षी नगर समितिको अधिवेशन सम्पन्न गरेको छ । पहिचान र अस्तित्व बचाऔं युवाहरु एकजुट हौ भन्नेर नाराका साथ सम्पन्न अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।

सुमन सम्बाहाङफेको अध्यक्षमा चयन गरिएको ११ कार्यसमितिमा युविना तुम्रोक, अविशेक नेम्बाङ, मिङसो योङहाङ, सुबास मेन्याङबो, रोहन थेगिम, विशाल थेबे, भवानी आङदेम्बे, विराट नेम्बाङ, गोविन्द कुम्बाङ, दिलकुमार इङनाम रहेका छन् ।

याक्थुङ युवाहरुको भावनात्मक एकता, मेलमिलाप र समझदारी कायम राख्दै अस्तित्व, समानता, अधिकार प्राप्ति र पहिचानको मुद्दामा युवाहरुको क्षेत्रबाट वकालत गर्ने आदिवासी लिम्बू युवाहरुको साझा छाता संगठन भएको जिल्ला सचिव देवि प्रसाद निङ्लेकुले बताए ।

याक्थुङ युवा मञ्च जिल्ला अध्यक्ष प्रेम शेर्माको प्रमुख अतिथ्यमा रहेको उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष विरवल जवेगु, याक्थुङ युवा मञ्च सल्लाहकार वनेम विक्रम फागो, याक्थुङ युवा मञ्च झापा जिल्ला सचिव देविप्रसाद निङ्लेकु (प्रताप), प्रकाश लिङ्देन, दिल सेरेङ, जापन थेबे आदिको उपस्थिति रहेको कार्यक्रम याक्थुङ युवा मञ्च नगर अध्यक्ष सुमन सम्बाहाङफेको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर