महफिल गजल साझ दमकमा - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महफिल गजल साझ दमकमा

दमक भदौं १४ गते गजल घर नेपालले दमकमा महाफिल गजल साँझ सम्पन्न गरेको छ । नेपाली गजलको उन्नति र प्रगति गर्ने उदेश्यले गजल घर नेपालले दमकमा ५ ्श्रष्टा तिलक राई, उदिम किराती, टिका खड्का (राष्ट्र प्रेमी), ज्ञानु तामाङ, सुष्मा चिमोरियालाई उभ्याएको थियो ।

गजलको माध्यमबाट भुटानी शरणार्थीहरुको अन्तर संघर्षको कथा, बिशेष राजनीतिक परिवेश र सरकार सम्बन्धी तिखो ब्यङ्ग, राष्ट्र र विद्यमान देशको आवस्था, समाजिक बिकृति र बिसंगति, समाकालिन सामाजिक परिवेशमाथि मिठो प्रहारमा श्रष्टाहरुले गज पस्केका थिए ।

मन्तब्यको क्रममा गजलकार विवश बलिभद्र कोइरालाले नेपाली गजल समृद्ध बनाउन सबै मिलेर लाग्नु पर्ने र म गजलकार हुँ भन्ने अहम त्याग्न पनि अनुरोध गरे । गजल घर नेपालका पुर्व अध्यक्ष बाटो घरे कान्छाले नव गठित समितिले सल्लाह नगरेकोमा गुनासो यस्तो कार्यक्रम निरन्तर गर्ने रहर हुँदा हुदै पनि गर्न नसकिएको बताए । त्यस्तै गजललाई नेपाली गजल बनाउन सबै लाग्नु पर्ने र रचनामा नेपाली माटो अनि समाज आउनु पर्ने जितेन मुस्कानले बताए ।

प्रमुख अतिथि सुन्दर कुरुपले गजलहरु कोहि कमसल कोहि तगडा आएको बताए उनले गल्बन्दि च्याति तिमीले तानेर भन्ने बोल्को गितमा नेपाली समाज भएको हुँदा सबैले मन पराएको दाबी गर्दै स्रष्ट्रहरुको रचनामा नेपाली जनजीवन आउनु पर्ने बताए

महफिल गजल साँझको औचित्य गगन यक्पाङदेन प्रस्टाउँदा स्वागत मन्तब्य गजल घर नेपालको उपाध्यक्ष तिलाश्री तिमल्सिनाले गरेकी थिइन् । मौसम साम्पाङको सभाध्यक्ष रहेको कार्यक्रमलाई भिजन गुरागाईले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर