किरात माङहिमको बार्षिक साधारणसभा सम्पन्न - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात माङहिमको बार्षिक साधारणसभा सम्पन्न


पाटी भदौ १४ / किरातेश्वर हाङसाम फाल्गुनन्द माङहिम केराबारी १ पाटी कुमाल मोरङले प्रथम बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय प्रतिनिधि एवं भाषाबिद साहित्यकार सेर्मा साम्जिरी सेमी दिलबीरको प्रमुख आतिथ्यमा माङहिमको सभाहलमा सम्पन्न सभाले रुपधोज चोबेगु थेगिमहाङको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा बल बहादुर चोबेगु, खगेन्द्र चोबेगु, पबित्र युङसिङबा, सचिब सुक्र आङदेम्बे, सह–सचिबद्वय नियोकुमार चोबेगु, बुद्वीमाया सोदेम्बा, कोषाध्यक्ष हस्त बहादुर चोबेगु, सह–कोषाध्यक्ष लक्ष्मी चोबेगु सदस्यहरुमा नन्दमान चोबेगु, ताराकुमारी चोबेगु, लोक बहादुर चोबेगु, रुपनन्द चोबेगु, लुद्र चोबेगु, मङगलसिं चोबेगु, देबि बहादुर चोबेगु, देबि बहादुर तुम्बापो, भुवनसिं चोबेगु, चत्र बहादुर युङसिङ्बा, बुधबीर चेम्जोङ, संगीता आङदेम्बे, कृष्ण चेम्जोङ, निरु चेम्जोङ, हस्त बहादुर चोबेगु र राधिका चेम्जोङ रहेका छन् ।


कार्यक्रममा केराबारी गाउँपालिका (१ का वडा अध्यक्ष चन्द्रसिं चोबेगु लिम्बू, समाजसेवी सरण थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बि.स.२०५२ सालमा स्थापित माङहिमको निरन्तर सेवा र धार्मिक कार्यक्रमहरु गर्दै आएको छ ।

रुपधोज चोबेगुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा नियो कुमार चोबेगुले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम शुक्र आङ्देम्बेले सञ्चालन गरेका थिए ।

धार्मिक सभामा विभिन्न संघ संस्था र सर्वसाधारणको बाक्लो उपस्थितिमा नन्दमान चोबेगु र संगीता आङ्देम्बेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर