थाम्सुहाङलाई तीस हजार राशीको दिब्यविक्रम नेम्बाङ स्मृति पुरस्कार - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थाम्सुहाङलाई तीस हजार राशीको दिब्यविक्रम नेम्बाङ स्मृति पुरस्कार

दमक/ कवि एवं समालोचक प्रकाश थाम्सुहाङ ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार’ बाट पुरस्कृत भएका छन् । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा नगद तीस हजार राशीको पुरस्कारबाट थाम्सुहाङलाई पुरस्कृत गरिएको हो ।

स्व.दिव्यविक्रम नेम्बाङ २०१७ सालको क्रान्ति योद्धाका रुपमा चिनिन्छन् । उबेला कांग्रेसी राजनीति गरेबापत उनलाई देश निकाला गरिएको थियो । पछि कांग्रेस नेता सुवर्ण शमशेरले नेपाल प्रवेश गराएका मध्ये उनी पनि एक हुन् । नेम्बाङ प्रधानाध्यापकहुँदै शिक्षा क्षेत्रमा लागेर लामो समय सम्म सेवा गरेका थिए ।

दार्जिलिङबाट म्याट्रिक गरेका नेम्बाङका दार्जिलिङ र काठमाडौंबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा कविता, निबन्ध छापिएका छन् । कार्यक्रममा स्व.नेम्बाङको जीवनीमाथि कवि धर्मेन्द्रविक्रम नेम्बाङले प्रकाश पारेका थिए ।

मुनाराज सेर्माले कबि प्रकाश थाम्सुहाङ अत्यन्तै सुन्दर समालोचक तथा अर्गानिक कबिको संज्ञा दिए । थाम्सुहाङले याक्थुङ लेखक संघको केन्द्रिय अध्यक्ष जस्तो पदमा रहेर समाजिक अभियन्ताको रुपमा काम गरिरहेको र उनको हरियो ग्रहको मान्छे भन्ने कबितामाथि कसैले चलचित्रनै बनाउदा पनि सारै सुन्दर बन्छ होला सेर्माले भने ।


अतिथि केशव आचार्यले सुन्दर कबिता र सुन्दर सुन्दर समालोचना लेखेरनै पुरस्कृत भएको बताउँदै उनले दुइवटा गजल पनि वाचन गरे । सो कार्यक्रममा रेगेस्थानी कबि तिर्थसंगम राई, बिराट किराती, राजकुमार अनिश्चित, अशोक वस्नेत र इक्साहाङ चेम्जोङ लगाएतले रचना बाचन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि आख्यानकार कृष्ण बरालले प्रकाश थाम्सुहाङ इलामको चियाबारीमा हुर्केको चितुवा हो । उनको लेखनमा चितुवा चिन्तन छ तर वढि नफुकर्नु भन्दै सुभकामना तथा बधाई दिए । कार्यक्रमको संयोजक नन्दहाङ नेम्बाङ र कार्यक्रम सञ्चालन जितेन पन्धाकले गरेका थिए ।

को हुन पुरस्कृत थाम्सुहाङ ?
प्रकाश थाम्सुहाङको जन्म वि. सं. २०३७ साउन २३ मा याङनाम पान्थरमा बुबा गणेशबहादुर थाम्सुहाङ र आमा नेम्बाङ किरात नुमा थाम्सुहाङको कोखबाट भएको थियो । साहित्यमा सालिन कवि, अब्बल सर्जक, अध्ययनशील, समालोचक मानिने थाम्सुहाड इलाममा रहेर साहित्य सिर्जनामा सक्रिय छन् । थाम्सुहाङ लेखक संघका केन्द्रीय सदस्य र याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष हुन् ।

सम्बन्धित खवर