कुम्मायक गाउँपालिकामा यस बर्षकै उच्च भाउमा अदुवा बिक्री - Mangsebung News
  • आइतबार, मङि्सर १७, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकामा यस बर्षकै उच्च भाउमा अदुवा बिक्री

पदम दुखी सम्बाहाम्फे, 
पाँचथरको कुम्मायक गाउपालिकामा बिगत बर्षको मुल्य भन्दा यस बर्ष अदुवा दोब्बर मुल्यमा बिक्री भइरहेको छ । यस बर्ष खडेरीका कारण अधिकांस क्षेत्रमा धान, मकै, कोदोको बिउ समेत मासिएको बेल अदुवा रोप्ने कृषकले भने उच्च भाउ पाएका कारण राहत पाएका छन् ।

कुम्मायक गाउपालिका भरीमा अनुमानित ५ हजार टन भन्दाबढी अदुवा उत्पादन भएको र अदुवा सरदर प्रति के. जि. १३८ रुपैयाँँमा किनबेच भइरहेको ब्यापारी बिष्णु बोहरा र कोषराज सम्बाहाम्फेले बताए ।

प्रतिमन ५५ सयमा अदुवा बेचेपछी अदुवा खेती गर्न उत्साहित भएको कुरा कृषकद्वय युरोप सम्बाहाम्फे र सङ्गिता लिम्बू बताउछन् ।

यस बर्ष अदुवाबाट मात्रै कुम्मायक गाउपालिकामा २ करोड भन्दा बढी रुपैयाँ भित्रिएको आकलन अदुवा व्यापारीहरु बिर बहादुर पाण्डे, बिकाश राई र किरण सम्बाहाम्फेले बताएका छ्न् ।

यस बारे यकिन तथ्यांक कृषि शाखा कार्यलयबाट आउन भने बाँकी छ ।

सम्बन्धित खवर