आज निर्वाचन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज निर्वाचन


दमक, २० भदौ । दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ । निर्वाचन समितिका अनुसार मतदानका लागि सवै तयारी पूरा भईसकेको जनाएको छ ।

आगामी तीन वर्से कार्यकालका लागि हुन लागेको बाणिज्य संघको २१ पदको निर्वाचनमा दुई स्वतन्त्रसहित ४४ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा सत्तारुढ नेकपाका प्रगतिशिल व्यवसायी र नेपाली कांग्रेससहितका साना दलहरुको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहवीच त्रिब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन निष्पक्ष, धाँधलीरहित वनाउन उद्देश्यले सम्पूर्ण राजनीतिक दल र उम्मेद्वारका प्रतिनिधिहरुसंग छलफल गरी मतदानका लागी प्राविधिक कार्यसहित आचारसंहिता बनाइएको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिए ।

मतदान आज बिहान ८ बजे देखि ३ वजेसम्म नेपाल रेडक्रस सोसाईटी दमकको सभाहलमा हुदैछ । जम्मा मतदाता ब्यवसायी संख्या २ हजार ६ सय ८० ले मतदान गर्दैछन् ।

मतगणना भने शनिवार विहान ८ बजे देखी बाणिज्य संघको आफनै कार्यालयमा शुरु गर्ने तय गरिएको कार्कीले बताए । दिलीप श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

सम्बन्धित खवर