पाँचथर जिल्ला याक्थुङ लेखक संघ गठन  - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथर जिल्ला याक्थुङ लेखक संघ गठन 

पदम दुखी सम्बाहाम्फे
१९ भाद्र फिदिम÷पाँचथरको सदरमुकाम फिदिममा आज याक्थुङ लेखक संघ पान्थर जिल्ला शाखा तदर्थ समिति गठन भएको छ ।
याक्थुङ लेखक संघ केन्द्रिय कार्य समितिका उप–महासचिव मधु केरुङको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएको हो ।
अध्यक्ष राज तिलान्जली, उपाध्यक्षद्वय पदम दुखी सम्बाहाम्फे र सुरेन शिशिर केरुङ, सचिव निशा लोवा, सहसचिव श्री माङयुङ, कोषाध्यक्ष नुनाम केरुङ सदस्यहरुमा एल. बि. नेम्बाङ, उदय अपेक्षा, बिक्रम केरुङ, हरिराज लोवा, बजिन लावती, हेमराज लावती, श्याम तुफान, शङ्कर आत्मा, समीर पारखी, लाल अन्जान सम्बाहाम्फे, दिपक नेम्बाङ, क्षितिज बिरही, मन्जु तुम्बापो, सुनिता जबेगु, र राजकुमार पन्धाक रहनु भएको छ ।
त्यसैगरी सल्लाहकारमा श्रीप्रसाद जबेगु, राजेन्द्र कुमार जबेगु, नरेन्द्र कुमार केरुङ, दिलेन्द्र कुरुम्बाङ, हरिचन्द्र लावती, मलिसा याक्थुङ्बा, बिरेन्द्र तुम्बापो, नरेन्द्रराज केरुङ, भवानी तावा, सीता सेत्लिङ र तिलबिक्रम नेम्बाङ रहनु भएको छ ।
याक्थुङ एकेडेमीका कुलपति राजेन्द्र कुमार जबेगुको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा ४२ प्रतिशत याक्थुङ (लिम्बू) हरुको थात्थलोमा रहेको मुन्धुममा बर्णित दर्शन र मानव सभ्यतामा आधारित थुमसाप काब्यलाई अघि बढाउनु पर्ने जोड दिइएको थियो ।
ऐतिहासिक पुरातात्विकत्व र याक्थुङ पान भाषा, लिपि र साहित्यको संरक्षण र व्यापक बिस्तार गर्न यो याक्थुङ संघले जोडदार भूमिका खेल्नु पर्ने कुलपति राजेन्द्र जबेगुले बताउनु भएको छ ।
वहाँले भन्नुभयो बिज्ञान भन्दा पनि लिम्बू मुन्धुम जेठो भएको कुरा पनि ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा फाल्गुनन्द गा. पा. हिलिहाङ गा. पा. याङ्वरक गा. पा. फालेलुङ गा. पा. र कुम्मायक गा. पा. का याक्थुङ लेखक हस्तिहरुको व्यापक सहभागिता रहेको थियो भने सन्देश इङ्वाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर