१५ बर्षी किशोरीमाथि एसिड प्रहार - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१५ बर्षी किशोरीमाथि एसिड प्रहार


वीरगन्ज / २०७६ साल भाद्र २० पर्साको वीरगन्जमा युवतीमाथि एसिड प्रहार भएको छ ।

वीरगञ्ज महानगरपालिका–६ गणेशमान चोकमा शुक्रबार बिहान १५ वर्षीया मुस्कान खातुनलाइ ऐजन वडा नं. २ का १६ बर्षिय सम्साद मिया र माजिद आलमले एसिड प्रहार गरेको वीरगन्ज प्रहरीले जनाएकोे छ ।

प्रहरीले सम्साद मियालाई पक्राउ गरेको छ भने आलम फरार छन् तर उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा मुस्कानमाथि एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीका अनुसार मुस्कानको दाहिने गाला, छाती र हात जलेको छ । मुस्कानलाई उपचारको लागि काठमाडौंको कीर्तिपुर स्थित फेक्ट अस्पतालमा पठाइएको छ ।

सम्बन्धित खवर