बाणिज्य संघको निर्वाचन सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाणिज्य संघको निर्वाचन सम्पन्न

दमक,२१ भदौ । दमक उद्योग बाणिज्य संघको निर्वाचन शुक्रवार सौहाद्रपूर्ण सम्पन्न भएको छ । नेपाल रेडक्रस दमकको सभाहलमा सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या २६८० मध्ये २३६० मत खसेको थियो ।

मतगणना भने शनिवार विहान ८ वजेदेखि बाणिज्य संघको कार्यालयबाट शुरु गरिने र मतगणनाको नतिजा एक सय गणना पछि सार्वजनिक गरिदै लैजाने निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्न दिलीप श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय एक निर्वाचन समिति गठन गरिएको छ ।

आगामी तीन वर्से कार्यकालका लागि बाणिज्य संघको २१ पदको निर्वाचनमा दुई स्वतन्त्रसहित ४४ जना चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा सत्तारुढ नेकपाका प्रगतिशिल व्यवसायीका तर्फबाट अध्यक्षमा विमल खतिवडा र नेपाली कांग्रेससहितका साना दलहरुको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहका तर्फवाट गोकुल श्रेष्ठको तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।

सम्बन्धित खवर