गोबिन्दको “पब्जी” सार्बजनिक - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गोबिन्दको “पब्जी” सार्बजनिक

आन्छुमे नसान
२१ भदौं २०७६ दमक/ गायक तथा संगीतकार गोबिन्द चेम्जोङ लिम्बुको आवाजमा सजिएको “पब्जी” बोलको गीत भिडियो सार्बजनिक भएको छ ।

भुपेन्द्र बुढाथोकीको सृजना रहेको गीतमा पछिल्लो समय युवाहरु माझ लोकप्रिय रहेको पब्जी खेलबाट भएको असरको भावहरु समाबेश गरिएको भिडियो फलानो टि. भी. युट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।

निश्चल केसीको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र सर्मा हुमागाईको छायांकन र एलिस राईको कोरियोग्राफी रहेको छ ।

गोबिन्द चेम्जोङ लिम्बूकै संगीत रहेको भिडियोमा चर्चित प्राङ्कस्टार एलिस राई, पवन खतिवडा उर्फ ‘म्याकुरी’ र बिमला खजुम लिम्बूको अभिनय रहेको छ ।

राजु कार्कीको एरेन्ज तथा मिक्सिङमा र सुरेश राईको रेकर्डिङ रहेको भिडियोमा बिकास ज्ञवालीले सम्पादन गरेका छन् ।

राजु कार्कीको एरेन्ज रहेको सो म्युजिक भिडियो निश्चल केसीको निर्देशनमा बनेको हो ।

सम्बन्धित खवर