सरकारले दीपवली मनाउने असोज तीन, हाम्रो कालो दिन–संघीय लिम्बुवान मञ्च - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारले दीपवली मनाउने असोज तीन, हाम्रो कालो दिन–संघीय लिम्बुवान मञ्च

संघीय लिम्बुवान मञ्च नेपालले आफ्ना केन्द्रीय र लिम्बुवान प्रान्तीय बैठकको निर्णय पत्रकार मञ्च दमकको कार्यालयमा पत्रकार सम्मेलन गरी विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

७६ भाद्र २०, २१ र २२ गते धरानमा मञ्चको केन्द्रीय अध्यक्ष कुमार लिङ्देनको अध्यक्षतामा सम्पन्न बैठकमा आफ्नो चार बर्षे योजना अनुसार लिम्बुवान क्षेत्रलाइ पहिचानवादीहरुको आधार क्षेत्रको रुपमा विकास गर्ने । दश हजार क्रियाशिल सदस्य तीन महिना भित्र बाँड्ने र जिल्ला, नगर, गाउँ र टोल टोलमा क्रियाशिल सदस्य युद्ध स्तरमा बाढ्दै लागिने पनि विज्ञप्तिमा उल्लेख छ ।

मञ्चले यही मंसिर १४ मा सम्पन्न हुने उपनिर्वाचनलाई लिम्बुवान र किरात खम्बुवान भित्रका सम्पूर्ण रिक्त पदमा दाप सहितको खुकुरी चुनाव चिन्हबाट सशक्त रुपमा भाग लिन संयोजक बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ सदस्यमा, माननीय प्रदेश सदस्य तथा उपाध्यक्ष विष्णु तुम्बाहाम्फे र उपाध्यक्ष चन्द्र खापुङको तीन सदस्यीय उपनिर्वाचन परिचालन समिति निर्माण गरेको छ ।

पार्टीलाई चुस्त, दुरुस्त राख्न १२ सांगठनिक संरचनालाई आवश्यक सम्पूर्ण विनियम र विधान तयार गर्न योजक तोकेको छ ।
संयोजकहरुः
एल. भि.– ब. उपाध्यक्ष ज्ञानबहादुर गुरुङ र उपमहासचिव चन्द्रसिं नेम्बाङ,
मजदुर– महासचिव संगम खनाल,
भू.पु. सैनिक र प्रहरी संगठन– सचिव गजेन्द्र चोङबाङ क्याक,
पत्रकार– उपमहासचिव दिल कुमार लावती,
किसान– महासचिव यलम्बर खम्बु,
स्वायक्त क्षेत्र मञ्च– स. स. साजन याख्खा,
कलाकार–महासचिव अशोक चेम्जोङ र कलाकार अध्यक्ष राज खिम्दीङ,
शिक्षक– महासचिव शान्ता योङहाङ
लेखक– महासचिव थाङसाङ लावती
बुद्धिजिबी– उपाध्यक्ष टंक खापुङ,
तुम्याहाङ– उपाध्यक्ष डि.बी. खुदाङ
सुकुम्बासी– दलित शिल्पी अध्यक्ष रमेश गजमेर
भूमिहिन– परशुराम तामाङ

साथै पार्टीको आर्थिक कोष संकलनको लागि लेवीलाई ब्यापक गर्ने र तिहारमा विभिन्न संगठनले आ–आफ्नो क्षेत्रमा देउसी खेल्ने नीति अघि सारेको छ ।

सदस्यमा मनोनित
त्यस्तै बैठकले ताप्लेजुङ जिल्लाबाट रणध्वोज ताम्लिङ, बलराम भारती र विकल्प लिङ्देन साथै सुनसरीबाट देब लिम्बुलाई प्रन्तीय सदस्यमा मनोनयन गरिएको छ ।

असोज ३ कालो दिन
पहिचानको मुद्दालाई गोलीले दवाएर तीन दलले संविधान ल्याएको दिन असोज ३ लाई कालो दिनको रुपमा ब्यापक रुपमा मनाउन काठमाण्डौ, विराटनगर र गाउँ गाउँमा कालो झण्डा गाडेर कालो दिन मनाइने महासचिव शान्ता योङहाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर