फाल्गुनन्द मार्ग (दमक चिसापानी रबि सडक) पुरै कालोपत्रे हुने - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्द मार्ग (दमक चिसापानी रबि सडक) पुरै कालोपत्रे हुने


दमक, २६ भदौ / फाल्गुनन्द मार्ग (दमक चिसापानी रबि सडक) कालोपत्रे हुने पक्का भएको छ ।

करीब २ दशक अघि देखि निर्माणाधिन झापाको दमक देखी इलामको चुलाचुली र माङसेबुङ गाउँपालिका र पाँचथर सम्म जोडिने यो सडक कालोपत्रे गर्नका लागि २ अर्बको टेण्डर खुलाएसँगै अब निर्माण कार्य पुरा हुने भएको हो ।


दमक चिसापानी रबि सडक निर्माण समितिले पत्रकार सम्मेलन गरी नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय दमकले बोलपत्र आब्हान गरी ठेक्का प्रक्रियालाई अघि बढाएको औपचारिक रूपमा जानकारी गराएको थियो ।

मर्चेबुङ सम्म ७ कि. मि. को गत बर्ष टेण्डर सकिएकोले यहाँदेखि बाँकी २ भागमा विभाजन गरि टेण्डर आब्हान गरिएको जनाएको छ । जसमा मर्चेबुङ देखि मानपुर र मानपुरदेखि चिसोपानी पञ्चमी सम्म रहेको छ ।

दमकदेखि चिसापानी सम्मको सडकको बिस्तृत अध्ययन (डिटेल सर्वे) समेत २ बर्ष अघि भएको थियो स्मरण गराउँदै अब यस सडकलाई चीनको घाङला र भारतको फत्तेपुर सम्म त्रिदेशीय साझेदारीको रुपमा विस्तार गरिने योजना रहेकोले यसलाई सार्वजनिक चासोको रुपमा हामी सबैले लिनु पर्ने उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले आग्रह गरे ।


सडकलाई बहुबर्षीय योजनामा पारेको केहि समयपछि पुरै सडक कालोपत्रेका लागि आएको बजेट र बोलपत्र आह्वान समेत गरिएको र यस कार्य गर्नका लागि सहयोग गर्ने सबैप्रति समितिका अध्यक्ष पुरीले आभार प्रकट गरे ।

सम्बन्धित खवर