भदौ २८, २०७६ धनकुटा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले कम्युनिस्ट सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र नभएका कारण पार्टीमा सुधारको खाँचो रहेको टिप्पणी गरेको छन् ।
नेकपा धनकुटाको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शुक्रबार नेता शर्माले पूर्वएमाले र पूर्वमाओवादी भनेर नेकपाको संगठन बिस्तार नहुने बताए ।
उनले नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्त अनुसार नेता कार्यकर्ताको चरित्र निर्माण गर्न नसके कम्युनिस्ट पार्टी पतनतर्फ उन्मुख हुने चेतावनी दिए ।
प्रशिक्षणमा सात स्थानीय तह रहेको धनकुटा जिल्लाका जिल्ला कमिटी, सल्लाहकार, नगर र गाउँपालिका पदाधिकारी, जनवर्गीय सङ्गठनका कमिटी लगायत ४०० जना नेता तथा कार्यकता सहभागी दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य हेमराज भण्डारी, शिवकुमार मण्डल, जिल्ला अध्यक्ष राजेन्द्र राई प्रशिक्षक रहेका छन् ।