ताप्लेजुङमा पनि डेंगुको चुनौति - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताप्लेजुङमा पनि डेंगुको चुनौति


भदौ २८, २०७६ ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला परेका छन् ।

आठराई त्रिवेणी गाउँपालिकामा एक महिलामा डेंगु संक्रमण फेला परेको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए ।

बिरामी भएर जिल्ला अस्पताल भर्ना भएकी ती महिलामा डेंगुको जस्तै लक्षण देखा परेपछि परीक्षण गरिएको थियो । संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ ।

ताप्लेजुङको हावापानीमा एडिज एजिप्टाइ र एडिज अल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टे भेटिने सम्भावना कम भए पनि डेंगुको संक्रमित भेटिनुले यसलाई चुनौतीको रुपमा लिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित खवर