झापामा पाँचसय बढी डेंगु रोगी - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा पाँचसय बढी डेंगु रोगी

२०७६ भदौ ३०, झापा / डेंगुको संक्रमण झापामा अझै नियन्त्रणमा आउन सकिरहेको छैन ।

स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय झापा र स्थानीय सरकारलेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगुका रोगी ५०० भन्दाबढीले झापाका विभिन्न अस्पतालमा उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार यो अवस्था तत्कालन नियन्त्रण नभए यस जिल्लामा पनि सङ्कट आउन सक्छ । नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएकोले जन समस्या बढ्ने पौडेलको भनाइ छ ।

स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए ।

डेंगुका कारण झापामा दुई जनाको मृत्यु भइसकेको छ । झापामा डेंगु पहिलो पटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेंगुको जोखिममा रहेको पौडेलले बताए ।

सम्बन्धित खवर