धरान जाँदै गरेको जीप दुर्घटना - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरान जाँदै गरेको जीप दुर्घटना


संखुवासभा / संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित कम्तीमा ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी नगरपालिका ८ मा पर्ने अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको गाडी अरुण नदीमा खसेको हो । जिप मंगलबार राति साढे १० बजे सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी ९ का २ महिने बालक समिर श्रेष्ठ, उनका बुबा संगम श्रेष्ठ, आमा सदीक्षा श्रेष्ठ, प्रमिस थापामगर, खवरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी घटनास्थलमा परिचालित भई सकेको छ । केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको डिएसपी मिम लामाले जानकारी दिए । लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नु पर्छ ।

सम्बन्धित खवर