मेयर थेबेको घरमा बम - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेयर थेबेको घरमा बम


इलाम / माइ नगरपालिकाका मेयर दीपक थेवेको घरमा सोमबार बिहान अज्ञात समूहले राखेको कुकर बम सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

मेयर थेवेको माइ नपा २ गोरखेस्थित घरमा गाडी मुनी राखिएको कुकर बम सेनाले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमन्त क्षेत्रीले जानकारी दिए ।

घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर