रामकुमारी सिङ्गकलाई युकेबाट सहयोग - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रामकुमारी सिङ्गकलाई युकेबाट सहयोग

ललितपुर, ११ असोज । सिङ्गक समाज युकेले मृगौला रोगी रामकुमारी सिङ्गक (अमृता) लाई १ लाख ११ हजार सहयोग प्रदान गरेको छ ।

ललितपुर स्थित सुमेरू अस्पतालमा विरामीलाई सिङ्गक समाजका, केन्द्रीय सचिव मिना सिङ्गकले रकम प्रदान गरिकी हुन् ।

सहयोग प्रदान गर्दै सचिव सिङ्गकले विरामीको परिवारले कुनै सहयोगको आव्हान नगरेता पनि समाज आफैले बुझेर सहयोग गरेको बताइन् । सिङ्गक परिवारको छोरी ज्वाईलाई समेत सहयोग गर्दै आएको समाजले केही समयअगाडि छोरीचेली ज्वाई क्यान्सर पीडित भक्तराज खापुङलाई सिंगक समाज हङकङले सहयोग प्रदान गरेको थियो ।

विरामी रामकुमारी र आमा पदमकुमारी यक्सोले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए । आफ्नै श्रीमानको मृगौलादान पाएकी रामकुमारी तीन सन्तानकी आमा हुन् । मर्दा पनि सँगै मरौ, बाँच्दा पनि सँगै बाँचौं भनेरै मृगौलादान गरेकोे श्रीमान याम मुसाहाङले बताए ।

सम्बन्धित खवर