बाल्टिनको पानी र पोखरीमा डुबेर दुई बालिकाको मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाल्टिनको पानी र पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


२०७६ असोज २३, झापा स् पानीमा डुबेर इलामर झापामा दुई जना बालिकाको मृत्यु भएको छ ।

प्रहरी कार्यालय झापाका अनुसार झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको छ । आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा आफन्तजनले देखेपछि तत्काल बालिकालाई उद्धार गरी अस्पताल पु¥याइएको थियो ।

उनलाई उपचारको क्रममा लाइफलाइन अस्पताल दमकले बुधवार दिउँसो मृत्यु घोषित गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै इलामको माई नगरपालिका ५ रमिते बस्ने जीवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ । जमुना खेल्ने क्रममा आफ्नै आँगनमा राखिएको बाल्टिनको पानीमा डुबेको देखेर उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खवर