एन. आर. एन. ए. को नेतृत्वमा कुमार पन्त - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एन. आर. एन. ए. को नेतृत्वमा कुमार पन्त

 

१ कात्तिक २०७६, काठमाडौं /गैर आवासीय नेपाली संघ (एन. आर. एन. ए.)को नयाँ नेतृत्व चयनका लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ । निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ । अध्यक्षमा कुमार पन्त विजयी भएको जनाइएको छ ।

पन्तले पाएको मत भने सार्वजनिक भइसकेको छैन । कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएको जनाइएको छ । सचिवमा पनि पन्त समूहनै विजयी भएको छ । सचिवमा गौरीराज जोशी निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् ।

निर्वाचन परिणाम भने केहिबेरमा सार्वजनिक गरिने जनाइएको छ ।

सम्बन्धित खवर