धरमपुरमा सष्ट्रा सम्मान तथा सांगीतिक धमाका हुँदै - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरमपुरमा सष्ट्रा सम्मान तथा सांगीतिक धमाका हुँदै


मुस्कान
२०७६ कात्र्तिक ८ दमक / साहित्य र संगीतमा समर्पित’ शब्द खिमको आयोजनामा कात्र्तिक ९ गते शनिबार झापाको धरमपुरमा सष्ट्रा सम्मान तथा शरद विशेष सांगीतिक कार्यक्रम हुदैछ ।

‘शब्द खिम’का संस्थापक एबम् कवि तथा गीतकार विराट किरातीका अनुसार कार्यक्रममा नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखी योगदान गर्नुहुने बरिष्ठ संगीतकर्मी शिबशंकर थापा, स्थानीय क्षेत्रको विकास निर्माणमा महत्वपूर्ण र नेतृत्वदायी भुमिका खेल्नुहुने युवा नेता दुर्गा नेम्बाङ, नेपाली साहित्य र पत्रकारिता क्षेत्रमाा योगदान गर्नुहुने प्रकाश दिप्सालीलाई सम्मान गरिने पनि किरातीले बताए ।

कार्यक्रममा गायक जनम थुलुङ, गायक जीवन साङपाङ, धरमपुरे युवा गायक विजय दंगाल र बाल गायक जचपुन राईले गीत संगीत प्रस्तुत गर्दै छन् भने नृत्यकार सन्ध्या नेम्बाङ र कविता चाम्लिङले कार्यक्रममा आफ्नो नृत्य प्रस्तुति दिनेछन् ।

किरातीले भने नेपाली कला, साहित्य र संगीतलाई समाजिक रुपमा जोड्न मनोरञ्जनात्मक बनाउदै लानु पर्छ ।

पुर्वकै चर्चित कबि, गजलकार तथा कलाकारहरुको बेजोड प्रस्तुति रहने यो कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको र कार्यक्रमलाई सभ्य साथै भब्य बनाउने आयोजकले बताएका छन् ।
कार्यक्रम तिहार, छैठ उधौलीको अवसर पारेर शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक बिद्यालयमा हुँदैछ ।

सम्बन्धित खवर