सातै प्रदेश प्रमुख विहिन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सातै प्रदेश प्रमुख विहिन


२०७६ कात्तिक १७, काठमाडौं / सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई हटाएको छ । मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरी हटाएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले सातवटै प्रदेशका प्रमुखको सूचना जारी गरी हटाएको छ ।

सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो । जसप्रति वर्तमान सरकार सुरुदेखिनै रुष्ट थियो । कांग्रेसले निर्वाचनमा पराजय बेहोरेपछि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाउने नेकपाले त्यतिबेला अभिव्यक्ति समेत दिएको थियो । देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ मा प्रदेश १ मा डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

सम्बन्धित खवर