सुनकोसीमा बस खस्दा १७ जनाको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनकोसीमा बस खस्दा १७ जनाको मृत्यु


२०७६ कात्र्तिक १७, काभ्रे  / सुनकोसी नदीमा बस खसेर भएको दुर्घटनामा मृतकको संख्या १७ धेरैको अवस्था चिन्ताजनक छ भने ४६ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको छ ।

खाडीचौरमा उपचार गराइराखेका र बोल्नसमेत नसक्ने अवस्थाका चालक धनबहादुर तामाङलाई थप उपचारका लागि धुलिखेल ल्याइएको छ । घटनास्थलमा अझै खोजी तथा उद्धार जारी रहेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण आइनसकेको उनले काफ्लेले बताए । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोसीमा खसेर दुर्घटना भएको थियो ।

सम्बन्धित खवर