सुनीता र जिविहाङको आवाजमा ‘हेराई ज्यानमारा’ - Mangsebung News
  • शनिबार, साउन ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनीता र जिविहाङको आवाजमा ‘हेराई ज्यानमारा’

आन्छुमे नसान
माङसेबुङ/नेपाली तथा लिम्बू भाषाको गीत संगीत क्षेत्रमा पछिल्लो समय दर्शक स्रोताहरुको रोजाईमा परिरहेकि विशेष गरि युवा पुस्ता माझ निकैनै रुचाएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको मौलिक गीत ‘हेराई ज्यानमारा’ गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ ।

भिडियो लिम्दुमी क्रिएशन युट्युव च्यानलबाट सार्वजनिक भएको हो । लोकप्रिय संगीतकार डि आर अटुको शब्दभावहरुमा सजिएको गीतलाई डि आर अटुले नै संगीत गरेका हुन । युवा पुस्ता माझ बिध्यमान रहेको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ ।

राजु कार्कीको संगीत संयोन रहेको गीतलाई इसाक जबेगुले छायाङकन गरेका छन् । यादमा तड्पीएको प्रमी प्रेमीकाहरुको पीडा समेटिएको गीतको भिडियोलाई मनोज राईले सम्पादन गरेका छन् । भिडियो लिम्दुमी क्रिएशनले तयार पारेको हो ।

भिडयो हेर्नुहोस

सम्बन्धित खवर