आत्मानन्द गोल्ड कप १२ औं संस्करण खेलकुद प्रतियोगिताको तयारी सुरु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप १२ औं संस्करण खेलकुद प्रतियोगिताको तयारी सुरु

ज्ञानु केदेम
माङ्सेबुङ/इलामको माङ्सेबुङमा मंसिर दोस्रो सातादेखि ‘आत्मानन्द गोल्डकप’ सञ्चालन हुने भएको छ । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सवको अवसरमा मंसिर ११ देखि गोल्डकपको १२ औं संस्करण सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा पूर्वका इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जि्लिङ गरी ८ टिमको सहभागिता रहने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, भाङबारी स्पोर्टीङ युथ क्लब दमक झापा, मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जि्लिङ भारत, ए. एस सि. अर्जनधारा झापा, राजावास युथ क्लब सुनसरी, इलाम नगर खेलकुद प्रतिष्ठान, मिरमिरे याक्थुङ युवा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेता टिमलाई नगद २ लाख १ सय ६६ रुपैयाँ तथा उपविजेता टिमलाई नगद १ लाख १ सय ६६ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सचिव सरिता राईले बताइन् । सचिव राईका अनुसार गोल्डकपमा सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्टा«इगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचहरुलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

त्यसैगरी म्याराथुनतर्फ प्रथमलाई नगद १० हजार १ सय ६५, द्वितीयलाई ८ हजार १ सय ६५ दिइने छ । भने, धनुषकाँड, छेलो, स्लो बाइक दौड लगायतका अतिरिक्त खेलहरुका विजेता र उप विजेताहरुलाई पुरस्कार प्रदान गरिने जनाईएको छ । माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित नवनिर्मित आत्मानन्द रंगशालामा हुने प्रतियोगिताको फाइनल मंसिर १७ गते हुने आयोजकले बताएको छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवा समारोहको अवसरमा मसिंर १८ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १७ लाख खर्च लाग्ने रेडियो माङसेबुङको सभाहलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आङबुहाङले जानकारी दिए । त्यसका लागि भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा आयोजित आत्मानन्द गोल्डकपलाई मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहले हरेक वर्ष आयोजना गर्दै आएको छ । एक दशक पहिले मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द रनिङ गोल्डकप खेलको नगद पुरस्कार राशी यसवर्ष २ लाख १ सय ६६ रुपैयाँ पुगेको हो ।

वि.स. २०६५ मा गुरुजन्मोत्सव समारोहको उप–समिति खेलकुद विभागको रुपमा किरात साम्यो नालीफुङवा पान्जुम्भोले सुरु गरेता पनि २ वर्ष पछि खेलकुदको दिगो विकास र विस्तार गर्न नालीफुङवा पान्जुम्भोबाट छुट्टै संगठन संरचना बनाई किरात साम्यो हक्चात यक्चुम गठन गरी आत्मानन्द गोल्ड कपको संयोजन गर्दै आएको छ ।

प्रेश बिज्ञप्ती

सम्बन्धित खवर