माङसेबुङमा बस दुर्घटना, २ घाइते - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा बस दुर्घटना, २ घाइते


दमक/फाल्गुनन्द मार्ग अन्तरगत इलामको माङसेबुङ गाउँपालिका ३ स्थित फोमी होटेल नजिकै बस दुर्घटना भएको छ ।

पाँचथरको रविबाट झापाको दमकतर्फ जाँदै गरेको ना २ ख ६५८८ नम्बरको बस शुक्रबार बिहान करिब ११ बजे सडकमा पल्टेको हो ।

दुर्घटनामा परी २ जना महिला घाइते भएको माङसेबुङ गाउँकार्यपालिका सदस्य संगीता राइले बताए ।

सदस्य राईका अनुसार घाइतेको हात भाँचिएको र टाउको फुटेको र उपचारका लागि झापाको दमकतर्फ लगिएको छ । घाइतेहरुको पहिचान भने खुलेको छैन ।
घटनाको विस्तृत विवरण आउन बाकी छ ।

सम्बन्धित खवर