हजुरआमाको जीवनगाथामा आधारित ‘उमो’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, असार ३२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हजुरआमाको जीवनगाथामा आधारित ‘उमो’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । लक्ष्मी योङहाङ र गोविन राईको जीवन्त अभिनय रहेको म्युजिक भिडियो ‘उमो’ सार्वजनिक गरिएको छ । वाम्बुले राई भाषामा ‘उमो’ को अर्थ हजुरआमा हुन्छ ।

रूपेश राई र गोविन राईको मूल ‘उमो’ अर्थात् हजुरआमाको जीवनगाथामा आधारित भिडियो Ps. No. Bs. युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अभिषेक सुबेदीको निर्देशनमा मिसेक लिम्बूको छायांकन, गीत तामाङको मेकअप र रेवत श्रेष्ठको सम्पादन तथा कलरमा मिडिया पोर्टले तयार पारेको भिडियोमा उमोको जीवन सङ्घर्षदेखि सामथ्र्यसम्म र एक्लोपनदेखि विरासतसम्म तीन पुस्तामा फैलिएको गाथा प्रस्तुत गरिएको छ ।

‘उमो’ एक यस्ती आमाको यात्रा हो जसले आफ्नो सम्पूर्ण संसारलाई काँधमा बोकिन् र जीवनका हरेक ऋतुमा उज्यालो खोजिन् । पुरानो झुपडीदेखि नयाँ घरसम्म, दाउरा–पातदेखि चाडपर्वसम्म; उमोको कथा एक मौन सङ्घर्ष, आमाको ममता र उनले आफ्नै हातले सिर्जेको जीवनको गाथा हो ।

‘उमो’को पुख्र्यौली गाउँ, ओखलढुङ्गाको ठूलो जुरेमा छायाङ्कन गरिएको भिडियोमा टिका माया राई, भबे परियार, मनि धन तामाङ, एलिस्ता तामाङ, ब्रियोन तामाङ, सिमोन तामाङ, सर्वज्ञान राई, विल्सन तामाङ, दिल कुमार राई, धन नारायण तामाङ बाबुल तामाङ, भिम कुमार तामाङ, सार्की माया तामाङ, रेलिस तामाङ, सृष्टिका राई र प्रितिलाल तामाङले समेत अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर