
- आन्छुमे नसान
माङसेबुङ । गायक बिवश नेम्बाङ र गायिका निरन्ता नेम्बाङको सुमधुर आवाजमा सजिएको पालाम ‘उन्छोन्बा येन’ सार्वजनिक गरिएको छ ।
लक्ष्मि नाम्लाक्पाको शव्द संकलन तथा बिवश नेम्बाङको लय संकलन रहेको पालाम ‘उन्छोन्बा येन’ को म्युजिक भिडियो चापेतीको आमा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दामी क्रिएशनले तयार पारेको भिडियोमा पुष्पाञ्जली तिल्लिङ लिम्बू, बिवश नेम्बाङ, ललिता पाङमा, हर्क घिसिङ, सर्मिला लिम्बू, केशर वनेम, खिमा पन्धाक, मिलन वनेम, रिता लक्सम, एम बि एभेङ र सरस्वती लिम्बूले अभिनय गरेका छन् ।
योगेन मुकारुङ राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा पारश राईले रेकर्डिङ गरेको पालाममा गायक अनिल लिम्बू र गायिका मिरा फियाकको समेत आवाज समावेश गरिएको छ ।
पालाम हेर्नुहोस…







