सर्वोत्कृष्ट लोकगित गीतकारको आवर्ड ढाका बिशेषज्ञ कल्पना योङहाङको पोल्टामा - Mangsebung News
  • मङ्गलबार, साउन २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सर्वोत्कृष्ट लोकगित गीतकारको आवर्ड ढाका बिशेषज्ञ कल्पना योङहाङको पोल्टामा

आन्छुमे नसान
माङसेबुङ/ढाका बिशेषज्ञ कल्पना योङहाङ लिम्बु सर्बोत्कृष्ट लोकगित गीतकारको अवार्ड जित्न सफल भएकी छन् ।

दर्जनौ चर्चित गीतहरुमा आफ्ना जादुमय शब्दभावहरुले दर्शक श्रोताको मन जित्न सफल गीतकार कल्पना योङहाङले नेपाल संगीत उधोगले राजधानीमा आयोजना गरेको नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड २०१९ मा सर्बोत्कृष्ट लोकगित गीतकारको अवार्ड जितेकी हुन ।

गीतकार तथा उध्यमी कल्पना योङहाङ लिम्बु नेपाली ढाकालाइृ विश्वको ३३ वटा राष्ट्रमा पुर्याई नेपालको स्वदेशी उत्पादन ढाकालाइ विश्वसामु परिचित गराउन सफल भएकी छन् ।

उनी नेपाली ढाका फेसनलाइ संसारभर परिचित बनाउन सफल हुनुका साथै समाजसेवामा समेत सक्रिय रहेकी छन् ।

यसरीनै मुलुकलाइ आफ्नो कर्म बाट सम्बृद बनाउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउने व्यक्तित्वमा कलपना योङहाङ चर्चित बनेकी छन् ।

सम्बन्धित खवर