माङसेबुङ मासिक चौंथो वार्षिकोत्सव कार्यक्रम भव्य सम्पन्न - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ मासिक चौंथो वार्षिकोत्सव कार्यक्रम भव्य सम्पन्न

ज्ञानु केदेम लिम्बू
दमक/माङसेबुङ पब्लिकेसन्सद्धारा प्रकाशित माङसेबुङ मासिक पत्रिकाको चौंथो वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । झापाको दमकमा आज चौथो वार्षिक उत्सव कार्यक्रम मनाएको हो ।

इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा को बन्छ माङसेबुङ भाग्यशाली उपहार (भाग्य चिठ्ठा लक्की ड्र) सार्वजनिक गरिएको छ ।


भाग्य चिठ्ठा सार्वजनिक गर्न माङसेबुङ पत्रिकाका स्तम्भकार तथा सञ्चारकर्मी कमन देवानको संयोजकत्वमा माङसेबुङ भाग्यशाली चिठ्ठा वितरण संयोजन समिति गठन गरिएको थियो । सो समितिमा सञ्चारकर्मी मनकुमार गदाल र सामाजिक अभियन्ता सावित्रा गुरुङ रहेका थिए ।

चिठ्ठा वितरण संयोजन समितिको संयोजनमा सम्पन्न चिठ्ठा सार्वजनिक कार्यक्रम अन्तर्गत रसिद नम्बर ५३२ माङसेबुङ भाग्यशाली बनि १ तोला सुनको टिल प्राप्त गरेका छन् ।


त्यसैगरी ३ वर्ष पूरा गरेर चौंथो वर्षमा प्रवेश गरेको माङसेबुङ पत्रिकाको वार्षिकोत्सव कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको भाग्य चिठ्ठामा १५ जनाले १ तोलाका दरले १५ तोला चाँदीको टिल प्राप्त गरेका छन् ।

यसरी चाँदीको टिल प्राप्त गर्ने ग्राहक रसिद नम्बरहरु क्रमशः ११५९, १९४, ३९०, १२८६, १४१७, १२८४, ९१०, ५०७, ५३८, ३९६, ११५५, १८०४, १३७२, १४६२ र १७०१ रहेका छन् । माङसेबुङ पत्रिकाको वार्षिक ग्राहकहरु सो उपहार (लक्की ड्र) मा सहभागि भएका हुन् ।


माङसेबुङ पब्लिकेसन्सले विगत ४ वर्षयता नियमित प्रकाशन गर्दै आइरहेको माङसेबुङ पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने विशेष प्रतिनिधि, प्रतिनिधिहरु र निरन्तर लेख उपलब्ध गराउने स्तम्भकारहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिएको छ ।

त्यसैगरी पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने सौजन्यदाता र नाम्लिङगेक, लारिङगेकमा सहयोग गर्ने सहयोगीहरुलाई समेत धन्यवाद पत्रद्धारा सम्मान गरिएको छ ।


कार्यक्रममा प्रतिनिधि लाखमान खजुम, सहयोगदाता हृदय थेगिम, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, माङसेबुङ पत्रिकाको स्तम्भकार कमन देवान लगायतले बोलेका थिए ।

शुभकामना मन्तव्य राख्दै वक्ताहरुले माङसेबुङ मासिकले समानता, धर्म निरपेक्षता, लोकतन्त्र, प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई आत्मासात गर्दै, विभेद र अन्यायको विरुद्धमा निरन्तर खबरदारी गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।


यस वर्षदेखि माङसेबुङ पब्लिकेसन्सले माङसेबुङ पत्रिकासँगै अनलाइन संस्करण www.mangsebungnews.com/mangsebung news tv पनि सञ्चालन गरिरहेको छ ।

आस्था, अस्तित्व र समानताका आवाजलाई छापा माध्यम मार्फत बुलन्द गर्न प्रकाशन प्रारम्भ गरिएको माङसेबुङ पत्रिकाको नमुना अंकलाई वि.स. २०७३ मंसिर १२ गते इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको हस्तवाहुलीबाट विमोचन गरिएको थियो । २०७३ साल पुस ४ गते जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता नम्बर ३७ मा दर्ता गरी निरन्तर प्रकाशन हुँदै आएको छ ।


पत्रिकाको प्रकाशक तथा प्रबन्धक धनबहादुर थेबे निंवाहाङको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा प्रमुख व्यवस्थापक विनयकुमार फागो (विक्रम वनेम) ले स्वागत मन्तव्य राखेका थिए । भने, कार्यक्रम सुनिल सेर्माले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर