गायक तथा संगीतकार सगुनको ‘दिन बित्यो’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक तथा संगीतकार सगुनको ‘दिन बित्यो’ सार्वजनिक (भिडियो सहित)

आन्छुमे नसान
दमक/गयक तथा संगीतकार सगुन लिम्बुको स्वरमा रहेको गीत ‘दिन बित्यो’ सार्वजनिक गरिएको छ । गयक सुगनकै शब्द तथा सङ्गीत रहेको गीतको भिडियो युट्यूव मार्फत सार्वजनिक गरिएको हो ।

देबेश राईको सङ्गीत संयोजन रहेको भिडियोमा गायक आफैले फिचरिङ गरेका हुन् भने र प्रिया लिम्बुले साथ दिएका छन् ।

मायालु पतिको बियोगमा जलेर यादमा तड्पीएकी मायालुको पिडा व्याथाको दृश्य समेटिएको भिडियोलाइ रोनिश राउतले निर्देशन गरेका हुन् ।

योगेश दाहालले छायांकन र सम्पादन गरेका भिडियो बिगत दुई वर्षदेखि काठमाडौंमा गीत सङ्गीतको क्षेत्रमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका गायक सगुनको आफ्नै अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सम्बन्धित खवर