विद्यार्थीका लागि नैतिक शिक्षा कार्यक्रम सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विद्यार्थीका लागि नैतिक शिक्षा कार्यक्रम सम्पन्न

 


दमक/ मोती माध्यमिक विद्यालय कचनकवल ३ डाँगीबारी झापामा आचरण तथा नैतिक शिक्षा प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ ।

 

शुक्रबार सम्पन्न कार्यक्रममा कचनकवल गाउँपालिकाको अध्यक्ष अन्जार आलमको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।

 

सो विद्यालयका विद्यार्थीहरुलाई आचरण तथा नैतिक शिक्षा प्रदान गर्ने हेतुले आयोजना गरीएको कार्यक्रममा आचार्य पण्डित छन्दुराम भन्डारीबाट पुराण वाचन गरीएको थियो ।

 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकनारायण राजबंशीको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा स्वागत मन्तव्य नरेन्द्रसिं राजबंशीले गरेका थिए ।

सम्बन्धित खवर