इलामको माइमझुवामा आगोलागी, साडे १२ लाखको क्षति - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माइमझुवामा आगोलागी, साडे १२ लाखको क्षति

माङसेबुङ/इलामको सन्दकपुर २ माइमझुवा सेर्पेका कुल बहादुर गुरुङकोे घरमा गएराति आगोलागी भइएको छ । गएराती अचानक आगोलागी हुँदा १२ लाख ७२ हजार बराबरको क्षती भएको हो ।

गुरुङको २ तले रहेको टिनको घरमा २ तोला सुनको औँठी ६ तोला चाँदी गरगहना लत्ताकपडा अन्नपात काठपात सबै जलेर नस्ट भएको छ । आगो लागेको कारण भने खुल्न नसकेको बताईएको छ ।

राती सुतेको समयमा अचानक आगो लागेपछि छिमेकीहरु भेला भएर आगो निभाउन खोज्दा सिलिन्डर ग्यास आगोले जलेर बिस्फोट भई आगोले उग्ररुप लिएको र आगोलाइ नियन्त्रण लिन नसकिएको स्थानीयको भनाई छ । आगो नियन्त्रण गर्न सम्भब नभएपछि बिहान मात्रै आफै निभेको थियो ।

सम्बन्धित खवर