अन्तर वडा स्तरीय फुटबल तथा भलिबल प्रतियोगिता माङसेबुङमा सञ्चालन हुदैं - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तर वडा स्तरीय फुटबल तथा भलिबल प्रतियोगिता माङसेबुङमा सञ्चालन हुदैं

दमक/माङसेबुङमा अन्तर वडा स्तरीय महिला फुटबल र अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

माङसेबुङ गाँउपालिकाले बर्षेनी सञ्चालन गर्दै आएको खेल आउदो माघ १५ गते देखी सुरू हुने भएको हो ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने महिला फुटबल प्रतियोगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनौट समेत गरिने माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रविक्रम खजुमले बताए ।

यसरीनै माङसेबुङमा बर्षेनी सञ्चालन हुने पबित्रहाङमा कपमा गाँउपालिकाले अनिबार्य सहभागी गराउने भएकोले राम्रा खेलाडीहरुलाई सोही खेलबाट छनोट गरी अवसर दिने आयोजक समितिका सचिव धड्कन सङबाङफेले बताए ।

सचिव सङबाङफेले भलिबल खेल विकासको लागि भलिबल खेलको आयोजाना गरिएको बताए । उनले फुटवल तर्फ प्रतेक खेलको फेयर आठ हजार र भलिवल तर्फ प्रतेक खेलको फेयर दूई हजार प्रदान गरिने बताए ।

प्रतियोगितामा फुटवल तर्फ विजेताले नगद पुरस्कार २५ हजार र उपविजेताले नगद पुरस्कार २० हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ ।

यसरीनै भलिवल तर्फ विजेताले नगद पुरस्कार ३० हजार र उपविजेताले नगद पुरस्कार २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नं. २ स्थित डोलाटार खेल मैदानमा हुनेछ । दुबै खेलको फाइनल खेल माघ २० गते हुनेछ ।

सम्बन्धित खवर