एकतप्पामामा लिम्बू भाषा तथा केलाङ प्रशिक्षण - Mangsebung News
  • सोमबार, पुष २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकतप्पामामा लिम्बू भाषा तथा केलाङ प्रशिक्षण

माङुेबुङ/इलामको फाकफोथुम गाउँपालिका ७ एकतप्पामा सात दिने लिम्बू भाषा तथा केलाङ (च्याब्रुङ नाच) प्रशिक्षण सोमबार सुरु गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ वडा शाखा फाकफोकथुम ७ को आयोजनामा प्रशिक्षण सुरु गरिएको हो ।

प्रशिक्षणमा २५ जना लिम्बू युवाहरुको सहभागिता रहेको छ ।

सहभागीहरुलाई यामप्रसाद नेम्बाङ्ले प्रशिक्षण दिइरहेका छन ।

किरात याक्थुङ चुम्लुङ वडा अध्यक्ष राजु योङहाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम फाकफोक्थुम ७ का सदस्य पंचबहादुर योङहाङको प्रमुख आतिथ्यमा किरात याक्थुङ चुम्लुङ फाकफोकथुङ अध्यक्ष मखानसिंह योङहाङ, प्रहरी चौकी ईन्चार्ज नरबहादुर थामसुहाङ, नेपाल आदिबासी जनजाती फाकफोकथुम सचिब नन्द लावती, भिम निरौला, प्रशिक्षक यामप्रसाद नेम्बाङले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर