पूर्वी क्षेत्रका सडक आयोजनाहरू सरकारको प्राथमिकतामा : मन्त्री नेम्बाङ - Mangsebung News
  • आइतबार, मङि्सर २४, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्वी क्षेत्रका सडक आयोजनाहरू सरकारको प्राथमिकतामा : मन्त्री नेम्बाङ


माङसेबुङ/भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले समृद्धिसँंग जोडिएका ताप्लेजुङ सहित पूर्वी क्षेत्रका सडक आयोजनाहरु सरकारको प्राथमिकतामा रहेको बताए ।

मन्त्री नेम्बाङले बुधबार उत्तर दक्षिण मुलघाट दोभान ओलाङचुङगोला सडक आयोजना र प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडकको अवलकोनको क्रममा सो कुरा बताएका हुन् ।

उत्तर दक्षिण मुलघाट दोभान ओलाङचुङगोला सडक आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्ग लगायतका रणनीतिक महत्वका सडक आयोजना सरकारको ध्यानाकर्षण भित्र परेको उनले बताए ।

आर्थिक सामाजिक हिसाबले लाभदायक र आवश्यकताको पहिचानसहित प्राथमिकता निर्धारण गरी भौतिक पूर्वाधारको विकासमा सरकार जुटेको मन्त्री नेम्बाङको भनाई छ ।

सबै क्षेत्रमा विकासको आवस्यकता दिनानुदिन बढ्दै गएकाले प्राथमिकता निर्धारण सहित प्रदेश सरकारसँग समेत समन्वय गरेर अघि बढ्ने बताए ।

यसैगरि ताप्लेजुङबासीले यहाँका ठूला सडक आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्न मागपत्र सहित ध्यानाकर्षण गराएको छ ।

जिल्लास्थित सरोकारवाला व्यक्ति तथा संघ संस्थाले १७ बुँदे मागपत्र तयार गरी तमोर करिडोर, उत्तर दक्षिण ओलाङचुङगोला सडक, मदन भण्डारी राजमार्ग, पाथीभरा सडकलगायतका आयोजनामा पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन् ।

सम्बन्धित खवर