इलाममा प्याब्सनको २९औं स्थापना दिवस मनाईयो - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा प्याब्सनको २९औं स्थापना दिवस मनाईयो

मङसेबुङ/निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपालको २९ औं स्थापना दिवस इलाममा भव्यताका साथ मनाईएको छ ।

इलाम सदरमुकाममा प्याब्सन जिल्ला कार्यसमितिद्धारा आयोजित कार्यक्रम विभिन्न कार्यक्रमहरु सम्पन्न गरी मनाईएको हो ।

इलाम जिल्ला कार्यसमितिका अध्यक्ष विकास कर्माचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा इलाम प्याब्सनले १३ औं सागमा स्वर्ण पदक विजेता इलामका उसु खेलाडी जुनी राई र फुटबल खेलाडी दर्शन गुरुङलाई सम्मान गरिएको छ ।

इसैगरि वि.सं.२०७५ को एसईई परीक्षामा सर्वोकृष्ट अंक ल्याउने छात्र तर्फ नेशनल हेरिटेज एकाडेमीका आशिष भट्टराई र छात्रा तर्फ सोही विद्यालयकी मोनिता बराललाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा लामो समय निजी विद्यालयमा अध्यापन गराउने नेशनल हेरिटेज एकाडेमी इलामकी शिक्षिका मुना श्रेष्ठ तथा इलामको नाट्य विधामा उत्कृष्ट कार्य गरे वापत चेतना नाट्य समुहका अध्यक्ष सुरेश पोर्तेललाई समेत सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा इलाम जिल्लाका दश वटै स्थानीय तहका १÷१ वटा निजी विद्यालयलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खवर