दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतको अनुमती - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतको अनुमती

दमक/ झापा विर्तामोड स्थित  रहेको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई २० करोड रुपैयाँ घुस मागेको झुटो आरोप लगाएको भन्दै डा. गिरीले प्रसाई ंविरुद्ध मुद्दा दायर गरेका थिए । न्यायका लागि गिरीले प्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली, बेइज्जतीको मुद्दा दायर गरेका थिए । सोही मुद्दाको आधारमा अनुसन्धान गर्न भन्दै जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमती दिएको हो ।

२० करोड घुस मागेको झुटो आरोप लगाएर चरित्र हत्या गरेको भन्दै गिरी कानुनी उपचारको खोजीमा अदालत पुगेका थिए । गिरीले उनीविरुद्ध हालेको मुद्दाकै आधारमा अनुसन्धानको लागि प्रकाउ गर्न लागिएको भक्तपुर प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए । प्रसाईंले पुस २३ मा पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । गिरीले पनि पनि पत्रकार सम्मेलननै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

सम्बन्धित खवर